वित्तिय साक्षरता सहितको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न
मिति २०८१ साल फागनु ६ गते मंगलबार वित्तिय साक्षरता सहितको सदस्य विस्तारित मञ्च कार्यक्रम सम्पन्न
अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर, पाल्पाको आयोजनामा वित्तिय साक्षरता सहितको सदस्य विस्तारित मञ्च कार्यक्रम संचालन भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रम संस्थाका सचिव ओम प्रकास बस्यालको स्वागत मन्तव्य बाट शुरु भएको थियो । निस्दी गाँउपालिका वेलौजी भएको कार्यक्रममा संचालक समिति सदस्य लक्ष्मी ढकाल, व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले वित्तिय साक्षरताको महत्व र केन्द्र गुणस्तरका बारेमा सहजिकरण गर्नुभएको थियो । संस्थाका सहसचिव यम प्रसाद श्र्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संस्थाका कर्मचारी नारायण ढकालले संचालन गर्नुभएको थियो भने कार्यक्रममा १०० भन्दा बढि सदस्यहरुको सहभागित रहेको थियो ।